नियम ३०
मूल्याङ्कन समिति
(१) ऐन तथा यस नियमावली बमोजिम कुनै परियोजनाको अध्ययन, सर्वेक्षण, विकास, निर्माण, सञ्चालन तथा विस्तारका लागि आशयपत्र, प्रस्ताव लगायत अन्य कुनै निवेदन वा प्रतिवेदनका सम्बन्धमा त्यस्ता विषयको मूल्याङ्कन गर्न देहाय बमोजिमको मूल्याङ्कन समिति रहनेछः-
(क) सम्बन्धित निकायले तोकेको त्यस्तो निकायको उपलब्ध
भएसम्म राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको कर्मचारी
र त्यस्तो कर्मचारी उपलब्ध नभएमा राजपत्राङ्कित द्वितीय
श्रेणी वा सो सरहको कर्मचारी -संयोजक
(ख) सम्बन्धित निकायले तोकेको परियोजनासँग सम्बन्धित विशेषज्ञ -सदस्य
(ग) सम्बन्धित निकायले तोकेको त्यस्तो निकायको
अधिकृत स्तरको प्राविधिक कर्मचारी -सदस्य
(घ) सम्बन्धित निकायमा कार्यरत कानून अधिकृत -सदस्य
(ङ) सम्बन्धित निकायले तोकेको अधिकृत स्तरको
कर्मचारी -सदस्य-सचिव
(२) सम्बन्धित निकायले परियोजनाको प्रकृतिको आधारमा सम्बन्धित विषयको विज्ञलाई मूल्याङ्कन समितिको सदस्यको रुपमा थप गर्न सक्नेछ ।
(३) मूल्याङ्कन समितिले आवश्यक ठानेमा सो समितिको बैठकमा कुनै निकायको पदाधिकारी वा कुनै बिषय विज्ञलाई आमन्त्रण गर्न वा सम्बन्धित निकायको प्रमुखको स्वीकृति लिई प्राविधिक उपसमिति गठन गर्न सक्नेछ।
(४) मूल्याङ्कन समितिले कुनै परियोजना वा विषयमा गरेको मूल्याङ्कनको प्रतिवेदन तयार गरी सम्बन्धित निकायको प्रमुख समक्ष पेश गर्नु पर्नेछ।
(५) मूल्याङ्कन समितिको बैठक तथा मूल्याङ्कन सम्बन्धी अन्य कार्यविधि सो समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।